Below Menu
Below Menu

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले कमायो साढे १२ करोड नाफा 

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले कमायो साढे १२ करोड नाफा 

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले १२ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २५.७४ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा कम्पनीले १० करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क बढेसँगै कर्जा तथा लगानीबाट हुने आम्दानी बढ्दा नाफा बढेको हो ।
यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १२.८५ प्रतिशतले बढेर ३० करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट २६ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

साथै यस अवधिमा कम्पनीले एक अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । बीमाशुल्क गत वर्षको तुलनामा ४.१८ प्रतिशतले बढी हो । गत वर्ष इन्स्योरेन्सले एक अर्ब १२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । 

असोज मसान्तसम्म आइपुग्दा नाफा सँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । यस अवधिमा इन्स्योरेन्सको इपीएस बढेर १०.६९ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ ११९.३४ रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म चार अर्ब ७२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको शेयर प्रिमियममा एक करोड ९३ लाख रुपैयाँ, महाविपत्ती कोषमा ९ करोड ६९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६२ करोड २५ लाख र अन्य इक्विटीमा १७ करोड ५२ लाख रुपैयाँ सञ्चित छ ।
 

Advertisment

थप समाचार