काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्सले साढे पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ५ लाख ८२ हजार ८५८ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
कम्पनीको शेयर खरिदका लागि लगानीकर्ताले ३५ दिन भित्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलमा निवेदन दिन सक्नेछन्।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
Advertisment