Below Menu
Below Menu

ट्रेजरीमार्फत साढे २२ अर्बको आन्तरिक ऋण उठाँउदै सरकार, आजै बोलकबोल 

ट्रेजरीमार्फत साढे २२ अर्बको आन्तरिक ऋण उठाँउदै सरकार, आजै बोलकबोल 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २२ अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) २३ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

कार्यालयले आठ अर्ब रुपैयाँ बराबरको ९१ दिने र नौं अर्ब ८५ करोड रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिने नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो ।

कार्यालयका अनुसार ९१ दिन अवधिको ट्रेजरी माघ २९ गते, १८२ दिन अवधिको ट्रेजरी २०८२ बैशाख ३० गते र ३६४ दिन अवधिको ट्रेजरी २०८२ कात्तिक २५ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो २ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि गत कात्तिक १४ गते कार्यालयले १४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो । 

Advertisment

थप समाचार