Below Menu
Below Menu

ग्लोबल आइएमई लघुवित्तको नाफा बढ्यो

ग्लोबल आइएमई लघुवित्तको नाफा बढ्यो

काठमाडौं : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

लघुवित्तले यस अविधमा ४ करोड ४ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ४० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो नाफा गत वर्षको तुलनामा लघुवित्तको नाफा १९ प्रतिशत बढी हो ।

लघुवित्तले १३ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिसम्म लघुवित्तले २ करोड २२ लाख रुपैयाँ नेट फि एण्ड कमिसन इनकम, १५ करोड ९४ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी र ५ करोड ७८ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । लघुवित्तको वितरणयोग्य नाफा २४ लाख ५२ हजार रुपैयाँ छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँ, सञ्चित नाफा ५४ करोड ३४ लाख रुपैयाँ रहेको छ । यस्तै, लघुवित्तले असोजसम्म ३ अर्ब १२ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी २१.९८ रुपैयाँबाट बढेर २६.१६ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १८७.८० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५०.४६ गुणा छ ।

यस्तै खराब कर्जा ४.७६ प्रतिशतबाट घटेर ४.३५ प्रतिशतमा झरेको छ । 

Advertisment