Below Menu
Below Menu

नाफामा एनएमबि लघुवित्त, खराब कर्जामा सुधार

नाफामा एनएमबि लघुवित्त, खराब कर्जामा सुधार

काठमाडौं : एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ४ करोड ७३ लाख रुपैयाँ नोक्सानीमा थियो।

ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४०.८६ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १८.४६ प्रतिशत र कुल सञ्चालन आम्दानी ३७.९९ प्रतिशत बढेको छ।

लघुवित्तको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात १८१.८६ गुणा रहेको छ।

यस्तै, लघुवित्तको खराब कर्जा ७.२७ प्रतिशतबाट घटेर ६.३७ प्रतिशतमा झरेको छ । 

७२ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २१ करोड ८१ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले सो अवधिसम्ममा ४ अर्ब ६८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

Advertisment