काठमाडौं : सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा कायम रहेको ३५ हजार ४२८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरु मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरेको थियो । उक्त सेयर खरिद गर्नको लागि तोकिएको समयमा संस्थापक शेयरधनीबाट कुनै पनि निवेदन प्राप्त नभएपछि उक्त शेयर पुन बिक्रीमा ल्याएको हो ।
खरिद गर्न चाहाने संस्थापक शेयरधनीहरुले १५ दिन भित्र आवश्यक कागजात तथा प्रमाण संकलन गरी आफुले के कति दर र रेटमा शेयर खरिद गर्ने हो सो को व्यहोरा खुलाई कम्पनीको प्रधान कार्यालय टंगााल, काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन् ।
Advertisment