Below Menu
Below Menu

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा 

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : लुम्बिनी विकास बैंक लिमिटेडले व्यक्तिको नाममा रहेको १५ हजार ८१२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले उक्त शेयर सर्वसाधरण अन्य व्यक्ति वा संस्थाहरुले खरीद गर्न पाउने गरी बिक्रीमा ल्याइएको हो ।

बैंकका विद्यमान संस्थापक शेयरधनीहरुबाट उक्त शेयर खरिद गर्न कुनै पनि निवेदन प्राप्त नभएकोले संस्थापक शेयर खरीद गर्न इच्छुक व्यक्ति वा संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको संस्थापक शेयर खरिद सम्बन्धी व्यहोरा खुल्ने कागजात तथा अन्य विवरण खुलाई  सूचना प्रकाशित भएको १५ दिन भित्र यस बैंकको  मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन् । 

Advertisment

थप समाचार