काठमाडौ : महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई जना शेयरधनीको नाममा रहेको ११ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।
संस्थाले शेयर खरिद गर्न इच्छृक संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरेको थियो । उक्त शेयर खरिद गर्नको लागि संस्थापक शेयरधनीबाट कुनै पनि निवेदन पेश नभए पछि संस्थाले सुचना जारी गरेको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक लगाानीकर्ताले ७ दिन भित्र आवश्यक कागजात संकलन गरी यस वित्तीय संस्थाको कम्पनी सचिवको कार्यालय अग्नीसाइर कृष्णसवरण –६ महुली सप्तरीमा आफुले खरिद गर्ने शेयर कित्ताको विवरण खुलाई निवेदन पेश गर्न सक्नेछन् ।
सो शेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।
Advertisment