काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ बिन्दुमा पुगेको हो । सोमबार नेप्से २२.१४ अंकले बढेर २७६०.२३१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा सात अर्ब ८५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ११ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज गुडविल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २९ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा गुराँस लघुवित्त वित्तीय संस्था र मेन्छियाम हाइड्रोपवर रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्र्किट लेभलमा पुगेको छ । आज गुडविल फाइनान्स कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment