Below Menu

पाँच अर्बको ऋणपत्र निष्कासनको अनुमति माग्दै निफ्राले दियो बोर्डमा निवेदन 

पाँच अर्बको ऋणपत्र निष्कासनको अनुमति माग्दै निफ्राले दियो बोर्डमा निवेदन 

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले पाँच अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । प्रतिऋणपत्र १ हजार रूपैयाँका दरले ५० लाख कित्ता ऋणपत्र निष्कासनको अनुमति माग्दै गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । 

बैंकले आगामी ७ वर्षसम्मका लागि वार्षिक ६ प्रतिशत ब्याजदरमा उक्त ऋणपत्र निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । ऋणपत्रको निष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । 

कुल कित्ता ऋणपत्रमध्ये २० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन सार्वजनिक निष्कासनमार्फत विक्री गर्ने र बाँकी ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत  तबरबाट विभिन्न संघ संस्थामा बिक्री गरिने बैंकले जनाएको छ 

थप समाचार