काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।