काठमाडौं : प्राइम कमर्सियल बैंकले मंसिर १९ गते साधारणसभा बोलाएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न सो दिन १७ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा सो दिन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्तावित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
यसका साथै सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित अअसार मसान्तस्म्मको नाफा नोक्सान हिसाव, सोही अवधिको नगद प्रवाह लगायतका विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नेछ ।
सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक अनुमोदन गर्नेछ ।
साथै सभाले बैंक तथा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज हुने (गाभ्नेरगाभिने), प्राप्ति गर्ने सन्दर्भमा आवश्यक सम्पूर्ण प्रक्रिया अवलम्वन गरी एक आपसमा मर्ज रप्राप्तिर एक्विजिशन गर्नका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियार प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारणसभा प्रयेजनका लागि बैंकले मंसिर ९ गते एकदिनका लागि बुक क्लोज गर्ने भएको छ। जस अनुसार मंसिर ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको साधारणसभामा भाग लिन र बैंकले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
Advertisment