Below Menu
Below Menu

आइएमई लाइफको नाफा साढे १४ करोड, कस्तो छ समग्र वित्तीय अवस्था ?

आइएमई लाइफको नाफा साढे १४ करोड, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले यस अवधिमा १४ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ११.२२ प्रतिशत बढेको हो ।

कम्पनीले १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३ करोड ९८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११.९६ प्रतिशत बढेको हो ।

त्यस्तै कम्पनीले ३२ करोड २ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६१ करोड १४ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको थियो । 

यसअवधिमा कम्पनीले १ अर्ब ५८ करोड १ लाख रुपैयाँ कुल आम्दानी गरी १ अर्ब ४३ करोड ५१ लख रुपैयाँ कुल खर्च गरेको छ । 

समीक्षा अवधिमा कम्पनीले १ अर्ब २१ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १० करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । 

कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ । महाविपत्ति कोष ८.०७ प्रतिशत बढेर १९ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने सञ्चित नाफा १५.९३ प्रतिशत बढेर १ अर्ब २३ करोड ३१ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी १.४४ रुपैयाँ घटेर ११.६० रुपैयाँमा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ १५०.६६ रुपैयाँ छ ।

Advertisment

थप समाचार