काठमाडौं : चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २० करोड ५४ लाखरुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो नाफा ३० प्रतिशतले बढी हो । कम्पनीले गत आवमा १५ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले ११ अर्ब ८१ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० अर्ब ८२ करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीले ११ अर्ब ९६ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० अर्ब ९२ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ, महाविपत्ति कोष १ अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ । त्यस्तै सञ्चित नाफा ३४.७४ प्रतिशत बढेर ७१ करोड १९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै जीनव बीमा कोष १९.५४ प्रतिशतले बढेर २ खर्ब ८ अर्ब ४४ करोड १६ लाख रुपैयाँ र अन्य इक्विटी ४.४२ प्रतिशत बढेर ७९ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १०.०१ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३१.९९ रुपैयाँ रहेको छ ।
Advertisment