काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष (२०८१/८२) को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीले १३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४२ प्रतिशतले बढी हो । कम्पनीले गत वर्ष ९ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले २ अर्ब १ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७९ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीले ८ करोड २८ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ६२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ, महाविपत्ति कोषमा २३ करोड ५ लाख रुपैयाँ, सञ्चित नाफा ४५ करोड ९२ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ५८ लाख रुपैयाँ छ । त्यस्तै जीवन बीमा कोष ४३ अर्ब ५९ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
नफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १५.६४ रुपैयाँ छ ।
Advertisment