यस्तो छ आज सुनचाँदीको मूल्य

यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य  प्रतितोला एक सय रुपैयाँले बढेको  हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार