Below Menu
Below Menu

मंसिरका लागि ११ बैंकहरुले घटाए ब्याजदर, आठ वटाको स्थिर 

मंसिरका लागि ११ बैंकहरुले घटाए ब्याजदर, आठ वटाको स्थिर 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार कात्तिक महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ । 

बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत कात्तिक महिनाको तुलनामा ११ बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन् । त्यस्तै आठ बैंकले कात्तिक महिनाकै ब्याजदरलाई कायम गरेका छन् भने एक बैंकहरुले ब्याजदर बढाएको छ ।

मंसिर महिनाका लागि बैंकहरुको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ५.९७०३ प्रतिशत रहेको छ । कात्तिकमा यस्तो ब्याजदर ६.१८७८ प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.२१७४ बिन्दुले घटेको छ । 

त्यस्तै संस्थागतर्फ मंसिरका लागि बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ४.६४३५ प्रतिशत विन्दुमा झरेको छ । कात्तिक यस्तो ब्याजदर ४.९१ प्रतिशत रहेको थियो । यस अवधिमा बैंकहरुको अधिकतम औषत ब्याजदर ०.२७४ प्रतिशत विन्दुले घटेको हो ।

मंसिर महिनाका लागि राष्ट्रिय बैंकले ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती तर्फ ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याज दिने भएको छ ।

यता  नेपाल बैंक, एभरेष्ट बैंक, प्रभु, हिमालयन, सानिमा, नेपाल एसबीआई, सिद्धार्थ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने कात्तिक महिनाकै ब्याजदरलाई मंसिरमा पनि निरन्तरता दिएका छन् । 

यसका साथै ब्याजदर घटाएका अन्य बैंकहरुले मंसिरका लागि सिटिजन बैंक इन्टरनेशनलले व्यक्तिगत तर्फ ५.६५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै एनएमबि बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५७ प्रतिशत र संस्थागत तर्फ ४.५७ प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै लक्ष्मी सनराइज बैंकले बैंंकले व्यक्तिगत तर्फ मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४.५५ प्रतिशत ब्याज दिने भएको भने प्राइम कमर्सियलले व्यक्तिगत तर्फ ५.७५ प्रतिशत र संस्थागतमा ४ प्रतिशत ब्याज दिने भएको छ । 

मंसिर महिनाका लागि नबिल बैंकले व्यक्तिगत तर्फ ५.७५ प्रतिशत र संस्थागत तर्फ ४.७५ प्रतिशत ब्याज दिने भएको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत तर्फ ६.२५ प्रतिशत र संस्थागत तर्फ ३.५ प्रतिशत ब्याज दिने भएको छ । 

त्यसैगरी एनआइसी एशिया बैंकले व्यक्तिगत तर्फ ६.७९ प्रतिशत र संस्थागत तर्फ ५.७९ प्रतिशत र माछापुच्छ्रे बैंकले व्यक्तिगत तर्फ ६ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज दिने भएको छ । 

त्यस्तै ग्लोबल आईएमई बैंकले मंसिरमा व्यक्तिगत तर्फ ५.७५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ भने कुमारी बैंकले व्यक्तिगत तर्फ ५.९१ प्रतिशत र संस्थागत तर्फ ४.९१ प्रतिशत ब्याज दिने भएको छ ।
 

Advertisment

थप समाचार