Below Menu
Below Menu

जीवन बीमा कम्पनीको नाफा करिब दुई अर्ब, सर्वाधिक नाफा बढाउनेमा सिटिजन लाइफ

जीवन बीमा कम्पनीको नाफा करिब दुई अर्ब, सर्वाधिक नाफा बढाउनेमा सिटिजन लाइफ

काठमाडौं : जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तीन महिनामा  करिब दुई अर्ब रुपैयाँ नाफा कमाएका छन् । हाल सञ्चालनमा रहेका १४ कम्पनीहरुले एक अर्ब ९२ करोड ४१ लाख रुपैयाँ नाफा कमाएका हुन् । 

उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.६२ प्रतिशतले बढी हो । गत वर्षको असोजसम्म कम्पनीहरुले एक अर्ब ६२ करोड २० लाख रुपैयाँ नाफा कमाएका थिए ।

आर्थिक शिथिलताका बाबजुद पनि अधिकांंश बीमा कम्पनीहरुले नाफा बढाएका छन् । यस अवधिमा १३ वटा कम्पनीले नाफा बढाएका छन् भने एक कम्पनीको नाफा भने घटेको छ ।

कम्पनीहरुले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा घटेको हो । गत वर्षको तुलानमा कम्पनीको नाफा ९४.०१ प्रतिशतले घटेर २२ लाख ६७ हजार रुपैयाँमा झरेको छ । 

असोज मसान्तसम्म आइपु्ग्दा सर्वाधिक नाफा कमाउनेमा हिमालयन लाइफ रहेको छ । कम्पनीको नाफा ५.१२ प्रतिशतले बढेर २५ करोड ३७ लाख रुपैयाँ पुगेको हो ।

त्यसैगरी यस अवधिमा नेपाल लाइफले २० करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ३०.०६ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले १५ करोड ७९ लाख नाफा कमाएको थियो  । 

यस अवधिमा रिलायबल नेला लाइफले १९ करोड ९३ लाख रुपैयाँ नाफा कमाउँदा सन नेपाल लाइफले १६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । 

यही मंसिर १२ गतेदेखि सर्वसाधारणमा हकप्रद जारी गर्न लागेको लाइफ इन्स्योरेन्स कर्पोरेशनको नाफा ३५.४५ प्रतिशतले बढेको छ । त्यस्तै असोज मसान्तसम्म एशियन लाइफ र मेट लाइफको नाफा क्रमशः ४२.०७ प्रतिशत र ४.२९ प्रतिशतले बढेको छ । 

यस अवधिमा सर्वाधिक नाफा बढाउनेमा सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ । गत वर्षको सोही अवधिमा सात करोड १४ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्ष १३ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ । जुन ८३.१६ प्रतिशतले बढी हो । 


 

Advertisment

थप समाचार