काठमाडौं : नेपाल बैंक लिमिटेडको ८८ औं बार्षिक शुक्रबार सम्पन्न भएको छ । बैंकको वार्षिकोत्सव कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले देशको कुनाकाप्चासम्म औपचारिक बैंकिङ क्रियाकलाप पुऱ्याउनुका साथै बैंक्रिडमार्फत रोजगारीको अवसर सृजना गर्दै देशको आर्थिक विकासलाई प्रवर्द्धन गर्न यो बैंकको अग्रणी भूमिका रहेको बताए ।
नेपाल बैंकले आफ्नो स्थापनाकालदेखि हालसम्म विभिन्न उतारचढाव पार गर्दै प्रतिष्पर्धात्मक बैंकिङ कारोबार गर्दै आइरहेको छ। यस क्रममा बैंकले ग्राहकको अपेक्षा र आवश्यकता अनुसारका वित्तीय सेवा सञ्चालन गर्दै आफ्नो सेवा विस्तार गरी २२९ शाखा, ६० एक्सटेन्सन काउण्टर र २०५ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रतिष्पर्धात्मक बैंकिङ बातावरणमा मानव संसाधनको प्रभावकारी व्यवस्थापन गरी साना, मझौला तथा घरेलु व्यवसायलाई प्रवर्द्धन गर्दै औद्योगिक क्षेत्रको विकासमा समेत योगदान पुऱ्याउन बैंकले आफ्ना क्रियाकलापलाई केन्द्रित गर्ने विश्वास अधिकारीले गरेका छन् ।
आफ्नो सेवा सुविधाहरूलाई थप विस्तार एवं नवप्रवर्तन गरी समयानुकूल प्रविधि मैत्री बैंकिङलाई आत्मसात गर्दै आर्थिक विकास तथा रोजगारी सिर्जनामा अझ सशक्त भूमिका खेल्न सकोस् भन्ने अपेक्षा गरेका छन् । साथै, बैंकले ८८ औं बर्ष प्रवेशको अवसरमा प्रकाशन गर्ने बिषेशाङ्क सबै सरकारवालाई उपयोगी हुने विश्वास गरेका छन् ।
Advertisment