काठमाडौं : नबिल बैंक लिमिटेडले मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले साधारण सभा लाभांश वितरण प्रयोजकना लागि सो दिन साधारणसभा गर्ने निर्णय गरेको हो ।
साधारण सभा प्रयोजनका लागि मंसिर १० गते एक दिनका लागि बैंकले बुक क्लोज गर्ने बैंकले जनाएको छ । जस अनुसार मंसिर ९ गते सम्म कायम शेयरधनीले बैंकको साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
नबिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
Advertisment