Below Menu
Below Menu

शेयरधनीहरुलाई पुरानो नगद लाभांश लिन नेपाल एसबिआई बैंकको आग्रह

शेयरधनीहरुलाई पुरानो नगद लाभांश लिन नेपाल एसबिआई बैंकको आग्रह

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई आर्थिक बर्षको २०७६/७६ को मुनाफाबाट पारित नगद लाभांश लिन आग्रह गरेको छ । बैंकले सञ्चालक समितिको मंसिर २९ गते सम्पन्न २६ औं बार्षिक साधारणसभाबाट पारित १०.८४ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

उक्त बैंकले शेयरधनीहरुको डिम्याट/शेयरधनी विवरणमा अद्यावधिक गरिएको नगद लाभांश उल्लेख भएको बैंक खातामा जम्मा गरेको छ । 

बैंकले उल्लेखित शेयरधनीहरुले आफ्नो परिचयपत्र सहित सूचना प्रकाशित भएको एक महिना भित्र यस बैंकको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड, लेखनाथमार्ग, ठमेल काठमाडौंमा सम्पर्क राखी उक्त बाँकी परानो नगद रकम बुझ्न आग्रह गरेको छ ।

सो लाभांश रकम ताेकिएकाे अवधि भित्र सम्बन्धित शेयरधनीको दाबी प्रस्तुत हुन नआएमा बाँकी नगद लाभांश रकम कम्पनी ऐन २०६३ को दफा १८२ बमोजिम  लगानीकर्ताको संरक्षण कोषमा  जम्मा गरीने बैंकले जनाएको छ ।

Advertisment

थप समाचार