काठमाडौं : आर्थिक वर्ष २०७९/८० मा सूचना प्रविधि निर्यात क्षेत्रतर्फ सबैभन्दा बढी कर कम्पनी कोडावतार टेक प्रालि बनेको छ । नेपालबाट सूचना प्रविधि निर्यात गर्ने कम्पनीहरु मध्ये कोडावतार पहिलो बनेको हो ।
आन्तरिक राजस्व विभाग ‘राष्ट्रिय कर दिवस २०८१’ को अवसरमा कोडावतारलाई उत्कृष्ट करदाता कम्पनीको रुपमा सम्मान गरेको गरेको हो ।
कोडावतार टेक प्रालिका संस्थापक दिनेश सिलवालले उक्त सम्मान ग्रहण गरेका थिए ।
Sponsored Advertisment