Below Menu
Below Menu

सोमबार १७ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरिने 

सोमबार १७ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरिने 

काठमाडौं  : सरकारले ट्रेजरी बिल मार्फत १७ अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १७ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

कार्यालयले  पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने र सात अर्ब २३ करोड रुपैयाँ ३२ बराबरको ९१ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने पाँच अर्ब रुपैयाँ बराबरको १८२ दिने नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो ।

कार्यालयका अनुसार २८ दिन अवधिको ट्रेजरी पुस २ गते, ९१ दिन अवधिको ट्रेजरी फागुन ६ गते र १८२ दिन अवधिको ट्रेजरी २०८२ जेठ ६ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो २ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि गत कात्तिक २६ गते कार्यालयले २३ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो । 


 

Advertisment

थप समाचार