काठमाडौं : एनआईसी एसिया बैंकले साढे १९ लाख बढी कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले चार कम्पनीको स्वामित्वमा रहेको १९ लाख ६० हजार ६३० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
जसमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ९ लाख ६५ हजार रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ९३ हजार ८२५ कित्ता, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता रहेको छ।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता निफ्राको १०१ रुपैयाँ, सूर्यज्योति लाइफको १७८ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको २९७ रुपैयाँ र नागरिक लगानी कोषको ७७९ रुपैयाा तोकिएको छ। लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
लगानीकर्ताले बोलपत्र पेस गर्दा आफूले लिन चाहेको शेयर संख्या खुलाउनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयर खरिदका लागि आवेदन दिन सकिनेछ।
लगानीकर्ताले मंसिर १० गतेसम्म काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय तथा शाखाहरु काठमाडौं, विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरमा बोलकबोल पेस गर्न सक्नेछन् ।
Advertisment