एकैदिन तोलामा ११ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

एकैदिन तोलामा ११ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार