Below Menu
Below Menu

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ४ हजार ४ सय ४०.८६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । उक्त शेयरको बिक्री मूल्य न्यूनतम रु १०३ रुपैयाँ प्रतिशेयर तोकिएको छ ।

यस अघि पनि बैंकले शेयर खरिद गर्नको लागि ३५ दिने सूचना जारी गरेको थियो । उक्त शेयर खरिद गर्नको लागि कुनै पनि निवेदन प्राप्त नभएकोले सर्वसाधरणले खरिद गर्न पाउने गरी पुन बिक्रीमा ल्याएकाे हाे ।

उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले ७ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्न सक्नेछन् ।

Advertisment

थप समाचार