Below Menu
Below Menu

तीन महिनामा सरकारको खर्च तीन खर्ब २९ अर्ब, यस्तो छ देशको वित्तीय स्थिति (पूर्णपाठसहित) 

तीन महिनामा सरकारको खर्च तीन खर्ब २९ अर्ब, यस्तो छ देशको वित्तीय स्थिति (पूर्णपाठसहित) 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्मको  देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । 

उक्त तथ्यांक अनुसार यस अवधमिा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । आयात ४.२ प्रतिशतलेघटेकोर निर्यात ६.१ प्रतिशतले घटेको छ । 

असोज मसान्तसम्म विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.५ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको छ । 

कुल विदेशी विनिमय सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड र अमेरिकी डलरमा १६ अर्ब ६० करोड रहेको छ । नेपाल सरकारको खर्च ३ खर्ब २९ अर्ब २० करोड र राजस्व परिचालन २ खर्ब ४८ अर्ब २६ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ३.४ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.३ प्रतिशतले बढेको छ ।  बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.६ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६ प्रतिशत रहेको छ ।
 

Advertisment

थप समाचार