काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५१.११ अंकले घटेर २७०२.६५ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ४.९८ अंकले बढेर २७५३.७६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २० कम्पनीको शेयरमूल्य बढेको छ । भने २२४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ११ अर्ब ७२ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ङादी ग्रुव पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४५ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्र्किट लेभलमा पुगेको छ । आज ङादी ग्रुव पावर कम्पनीको शेयरमूल्य ८ प्रतिशतले घटेको छ ।
Advertisment