Below Menu
Below Menu

सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा 

सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको २७ हजार ३२१ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आफूले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्य समेत उल्लेख गरी ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। बोलपत्र कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल, थापाथली–११, काठमाडौंमा कार्यालय समयभित्र पेश गर्नु पर्नेछ। 

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा प्रचलित कानुम बमोजिम उक्त शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।


 

Advertisment

थप समाचार