Below Menu
Below Menu

लक्ष्य अनुसार राजस्व नउठेपनि निराश हुनुपर्ने अवस्था छैन: महानिर्देशक आचार्य 

लक्ष्य अनुसार राजस्व नउठेपनि निराश हुनुपर्ने अवस्था छैन: महानिर्देशक आचार्य 

काठमाडौं : बजारमा कसैले भाष्य सिर्जना गरेकाे छ । त्यसको पछाडि केही सत्यता पनि हुन सक्छन् । तर सबै सत्य होइन । अहिले अर्थतन्त्र शिथिल छ, केही पनि भएको छैन र केही गर्ने वातावरण छैन भन्ने भाष्य छ । 

अर्थतन्त्र शिथिल छ भन्ने जस्तो भाष्य बनाइएको छ । त्यो सत्य होइन । अहिले हाम्रो जीडीपीको आकार ६० खर्ब पुगेको छ र यसको वृद्धिदर निरन्तर छ । विश्व बैंक, एसियाली बैंक लगायतका निकायले प्रक्षेवण गरेको आर्थिक वृद्धिदर पनि राम्रो छ । निराश हुनुपर्ने अवस्था छैन । 

राष्ट्र बैंकका उद्योगी व्यवसायीहरुका लागि लगानी गर्नका लागि तरलता पर्याप्त छ । ७ खर्ब भन्दा माथि लगानीयोग्य रकम छ । ब्याजदर घटेर तल्लो बिन्दुमा आईसकेको छ । मूल्यवृद्धि नियन्त्रणमा छ  । 

हामी कर संकलन पनि धेरै माथि जान नसकेपनि निराश छैनौं । लक्ष्य बमोजिमको राजस्व उठाउन सकेका छैनौं । तर, निराश हुनपर्ने अवस्थामा छैनौं । गत वर्षको भन्दा २० प्रतिशत बढी राजस्व संकलन गरिहेका छौं । तसर्थ धेरै आत्तिएर यहाँ सबै समात्त भयो भन्ने कुरामा म सहमत छैन । सुधार गर्नुपर्ने कुरा करेक्सन गर्नुपर्ने कुरामा केही कमजोरी हुनसक्छन् । त्यसमा सबै व्यवसायी र हामीले पनि आत्मसात गर्नुपर्छ । एकले अर्कोलाई देखाएर उम्किने अवस्था छैन । हामी सबै एकै डुंगामा छौं । डुंगा पल्टियो भने हामी सबै पर्ने हो । डुंगा पार लाग्यो भने हामी सबै पारी जाने हो । 

राज्यको उद्देश्य प्राप्त गर्ने ठाउँमा हामी सबै एकै ठाउँमा छौं । तसर्थ हामी प्रतिस्पर्धी र प्रतिद्धन्दी केही पनि होइनौं । । हामी परिपुरक हौं । समन्वय गर्छौं । कर प्रशासनको काम कर संकलन गर्ने हो । कर संकलन व्यवसायीलाई निचोरेर दुःख दिएर मात्रै कर उठाउँदैनौं । हामीले व्यवसायिक वातावरण बनाउने हो । औद्योगिक व्यवसायिक र लगानीमैत्री वातावरण कसरी बनाउने भन्ने तर्फ हामी केन्द्रीत छौं ।  

राजस्व संकलनमा विभाग वा मातहतका कर्मचारीले कानुन भन्दा बाहिर गएर दुःख दिएका छन् भने प्रमाणसहित आउनुहोस्् । इमेल फोन अथवा भेटर पनि आफ्नो गुनासो राख्न सक्नुहुन्छ । 

अहिले आर्थिक र व्यवसायिक संरचनामा धेरै परिवर्तन भएको छ । डिजिटाइजेशनमा गएका छौ। करको दायरा विस्तार धेरै पहिलेदेखि आएको कुरा हो । समग्रमा हेर्ने हो भने २०५० सालपछिको अवस्थामा सरकारले करको दर बढाएको छैन । 
त्यसबेलाको भन्सारदर र आयकर अहिको दर कतिमा छ ? करको दायरा विस्तारमा छौं । अहिले ६४ लाख ७४ हजार करदाता करको दायरामा आएका छन् । कम्पनी दर्ता भएकाले मात्र कर तिर्ने अरु उम्किन्छ भन्ने होइन ।

‘सर्ट टम गेन लङ टम पेन’ होइन । यसको पेनाल्टी एकैपटक थाहा हुन्छ । करको दायरा बाहिर बस्दैमा उन्मुक्त पाउँछु भन्ने सोच्नु गलत हो । ढिलो चाँडो होला तर सबैलाई करको दायरामा ल्याउँछौं । ८४ वटै कर कार्यालयमा कर शिक्षा कार्यक्रम सञ्चालन गछौं । कर शिक्षाका बारेमा हाम्रो वेवसाइटमा भएका कानुनका बारेमा पनि थोरै जानकारी राख्न जरुरी छ ।

(नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा आन्तरिक राजस्व विभाग महानिर्देशक रामप्रसाद आचार्यले राखेको विचार) 

Advertisment

थप समाचार