Below Menu
Below Menu

ग्लोबल आइएमई र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम

ग्लोबल आइएमई र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम

काठमाडौं : दुई वाणिज्य बैंकहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर ९ गते, आइतबार बुकक्लोज गर्दैछन्।

जसअनुसार आजसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता भाग लिन र बैंकहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

ग्लोबल आइएमई बैंकले मंसिर २७ गते, बिहीबार १८ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा सो दिन नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी गराउने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्राइम कमर्सियल बैंक लिमिटेडले मंसिर १९ गते, बुधबार १७ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाmले नियमावलीमा संशोधन गर्ने, मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। 

Advertisment

थप समाचार