काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।