Below Menu
Below Menu

कुमारी बैंकको एक लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको एक लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं : कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा कायम रहेको १ लाख ३१ हजार ६२८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले उक्त शेयर संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले  ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं – १ नक्साल नागपोखरी वा कुमारी बैंकको  प्रधान कार्याल, काठमाडौं, टंगालमा आवेदन पेश गर्न सक्नेछन् ।

साथै तोकिएको समयमा शेयरधनीहरुबाट कुनै पनि आवेदन पेश हुन नआएमा सो शेयर संस्थापक भन्दा बाहिर बिक्रीको प्रक्रिया अगाडी बढाइने बैंकले जनाएको छ ।

Advertisment

थप समाचार