Below Menu
Below Menu

मंसिर १६ गतेदेखि हकप्रद सेयर बिक्री गर्दै लिवर्टी इनर्जी

मंसिर १६ गतेदेखि हकप्रद सेयर बिक्री गर्दै लिवर्टी इनर्जी

काठमाडौं : लिवर्टी इनर्जी कम्पनीले मंसिर १६ गतेदेखि १ः०.५० को अनुपातमा हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ।

कम्पनीले ७५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कात्तिक २१ गते बुकक्लोज गरिसकेको छ । कात्तिक २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा पुस ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

Advertisment

थप समाचार