Below Menu
Below Menu

गरिमा विकास बैंक १८औं वर्षमा प्रवेश

गरिमा विकास बैंक १८औं वर्षमा प्रवेश

काठमाडौं : गरिमा विकास बैंक स्थापनाको १८औं वर्षमा प्रवेश गरेको छ । शिक्षण, इन्जिनियरियङ, चिकित्सा, बैंकिङ तथा विभिन्न पेशा व्यवसायमा संलग्न प्रतिष्ठित व्यक्तिहरूबाट २०६४ साउन २२ गते बैंकको स्थापना भएको थियो ।

बैंकले २०६४ असोज २४ गतेदेखि वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र पाएको थियो । २०६४ कात्तिक १८ गते वालिङ नगरपालिका३ स्याङ्जाबाट कारोबार सुरु गरेको बैंकले त्यस समयको निलगिरी विकास बैंक र शुभेच्छा विकास बैंकसँग मर्जर गरेपश्चात् २०७२ असार २९ गते राष्ट्रियस्तरको विकास बैंक बनेको थियो ।

१० जना कर्मचारीबाट सुरु भएको बैंकमा हाल एक हजार ४६ जना कर्मचारी छन् । बैंकले देशैभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ एटीएम काउन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तथ्याङ्क अनुसार बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड रुपैयाँ, सञ्चित नाफा ६८ करोड ४४ लाख रुपैयाँ, जगेडा कोष २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।

यसअवधिमा बैंकले ८३ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । तीन महिनामा २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

Advertisment

थप समाचार