ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन

ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ग्लोबल आइएमई बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। बैंकले लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै अघिको अन्तिम कारोबारको आधारमा नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेका अनुसार बैंकको ५.५ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य २४१ रुपैयाँ ७१ पैसामा समायोजन भएको छ। बैंकको अन्तिम कारोबाुर २५५ रुपैयाँमा भएको थियो।समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा बैंकको शेयर कारोबार खुल्नेछ।