मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं : मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.००८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

बैंकले हाल कायम चुक्ता पूँजीको ९.५०७९ प्रतिशत बोनस शेयर सोको कर प्रयोजनका लागि ०.५००४ प्रतिशत नगद लाभांश दिने भएको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।