Below Menu
Below Menu

प्रति कित्ता ११० रुपैयाँमा एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

प्रति कित्ता ११० रुपैयाँमा एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं : एनएमबि बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ८० हजार २८८ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले इच्छुक संस्थापक सेयरधनी र सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

उक्त शेयरको बिक्री मूल्य प्रकित्ता ११० रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक व्यक्तिले  न्यून्तम ५ हजार बढी कित्ता  खरिद गर्न पाउने छन् ।

शेयर खरिदको लागि संस्थापक शेयरधनीहरुले आज मंसिर ९ गते दिउँसो ३ बजे भित्र आवश्यक कागजात संकलन गरी बैंकको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड बालुवाटार काठमाडौंमा  आवेदन पेश गर्न सक्नेछन ।

Advertisment

थप समाचार