काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.०३ अंकले घटेर २६६७.४० बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ३१.३१ अंकले घटेर २६८०.४४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ५५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा सात अर्ब ७२ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा आठ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज जानकी फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २५ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा थ्री स्टार हाइड्रोपावर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्र्किट लेभलमा पुगेको छ । आज सेन्चुरी डिबेञ्चरको कम्पनीको शेयरमूल्य ७ प्रतिशतले घटेको छ ।
Advertisment