काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्ड शुक्रबार इन्स्योरेन्सलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर जारी गर्न अनुमति पाएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।
Advertisment