सुनचाँदीको भन्सारदर घट्यो

सुनचाँदीको भन्सारदर घट्यो

काठमाडौं :  सरकारले सुनचाँदीमा लगाएको भन्सारदर घटाएको छ । मंसिर ६ गते बसेको मन्त्रिपरिषद बैठकले भन्सार दर घटाएको हो ।

भन्सार विभाग स्रोतका अनुसार सुनको भन्सारदर २० प्रतिशत र चाँदीको भन्सारदर १० प्रतिशतमा झारिएको हो। 

यसअघि सुन र चाँदीको भन्सारदर क्रमशः २० र १५ प्रतिशत रहेको थियो। 

मन्त्रीपरिषद्कै निर्णय अनुसार आजैबाट लागु हुनेगरि दर घटाएको स्रोतले जनाएको छ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सारदर बढाएर २० प्रतिशत पुर्‍याएका थिए । 

तर, भारत सरकारले भन्सारदर घटाउँदा नेपालमा सुनको मूल्य महँगो र भारतमा सस्तो भएको थियो । यसले सुन तस्करी मौलाएको व्यवसायीहरूले नै बताउँदै आएका थिए । 

 

 

थप समाचार