काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य भारी गिरावट देखिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला १५ हजार ९०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५५ रुपैयाँले घटेको छ ।
सरकारले सुनचाँदीको भन्सारदर घटाएसँगै मूल्यमा भारी गिरावट आएको हो । मंसिर ६ गते बसेको मन्पिरिषद्को बैठकले सुनचाँदीको भन्सारददर घटाएर १० प्रतिशत झारेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।