Below Menu
Below Menu

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापी सेन्टरमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापी सेन्टरमा विशेष छुट

काठमाडौं : मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले जेनो फार्मेसी र निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टरमा विशेष छुट पाउने भएका छन् । 

बैंकले ग्राहकहरुलाई थप सेवा दिन काठमाडौँ—३,लाजिम्मपाट मा मूख्य कार्यालय रहेको ‘जेनो फार्मेसी प्रालि’ र ‘निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टर’ सँग विभिन्न औषधीहरु र स्वास्थ सम्वन्धी सेवाहरु (फिजियोथेरापी, ओस्टियोपैथी, नेचुरोप्याथी, प्राकृतिक चिकित्सा,आयुर्वेदिक चिकित्सा,अन्य) खरिद र डेलिभरीमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो । 

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारीहरु र ग्राहकहरुले काठमाडौँ—३, लाजिम्मपाट र भक्तपुर शाखा कार्यालयबाट विभिन्न औषधीहरु र स्वास्थ सम्वन्धी प्रोडक्टहरु खरिदमा विशेष २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । 

साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष “मुक्तिनाथ म्युचुअल फण्ड” यहि आउँदो मंसिर महिना भित्र सार्वजनिक निष्काशन मार्फत् इकाईहरु बिक्रिमा ल्याउने भएको छ । यस कोषको प्रवद्र्घक मुक्तिनाथ विकास बैंक र भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ । 
 

Advertisment

थप समाचार