काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात मंसिर १२ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।
जसअनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन रयबैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
उक्त सभा मंसिर २५ गते, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान साढे ९ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
Advertisment