Below Menu
Below Menu

कर्णाली डेभलपमेन्ट बैंक समस्यामा, राष्ट्र बैंकद्वारा निक्षेप लिन र कर्जा प्रवाहमा रोक

कर्णाली डेभलपमेन्ट बैंक समस्यामा, राष्ट्र बैंकद्वारा निक्षेप लिन र कर्जा प्रवाहमा रोक


काठमाडौं : कर्णाली डेभलपमेन्ट बैंक समस्याउन्मुख देखिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाएको छ ।  बैंकले निरीक्षण गर्दा तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नहुने भन्दै बाँकेको नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकलाई थप निक्षेप लिन र कर्जा प्रवाहमा रोक लगाएको हो। 

गत साउन ६ गतेदेखि साउन ११ गतेसम्म राष्ट्र बैंकबाट सम्पन्न लक्षित निरीक्षणको प्रतिवेदअनुसार उक्त बैंकको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा नियामकीय प्रावधानबमोजिम न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्क्रिय कर्जा ४०.८५ प्रतिशत कायम हुनेलगायतका कारणले थप निक्षेप लिन र कर्जा प्रवाह गर्न रोक लगाइएको राष्ट्र बैंकले जनाएको छ।

बैंकको वित्तीय अवस्था समस्यान्मुख देखिएको हुँदा निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले बैंकलाई सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र उक्त बैंकको नयाँ व्यवस्थापनले बैंकको वित्तीय परिसूचकहरुमा सुधार गर्ने सर्तमा आजैको मितिदेखि लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खोता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ।

Advertisment

थप समाचार