काठमाडौं : नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला दुई हजार ६०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।