काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८.०५ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ३९.७० अंकले बढेर २७५६.३६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ५० कम्पनीको शेयरमूल्य बढेको छ । भने १९४ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा आठ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा नौं अर्ब ३२ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३१ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा विशाल बजार कम्पनी, वीन नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्र्किट लेभलमा पुगेको छ । आज मिथिला लघुवित्त वित्तीय संस्थाकोे शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment