बुटवल : अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधारसँगै लगानीको वातावरण बनेको बताएका छन्।
राष्ट्रिय वाणिज्य बैंकको लुम्बीनी प्रादेशीक कार्यालय र शाखा कार्यालयको उद्घाटन गर्दै अर्थ मन्त्री पौडेलले अर्थतन्त्रका सुचकहरुमा उत्साहजनकसुधार आएसँगै लगानीको वातावरण बनेको बताए।
उनले उद्योगी व्यवसायीहरुले लगानीका लागि बैंकसँग कर्जा माग्दा नपाउने अवस्था हटेर पर्याप्त लगानी गर्न सक्ने अवस्था रहेको भन्दै उद्योगीव्यवसायीहरुलाई ढुक्क भएर लगानी गर्न अनुरोध गरे ।
अर्थमन्त्री पौडेलले उद्यम व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक पूँजी, प्रविधिको उपलब्धतासंगै वातावरण बनिसकेकाले ढुक्क भएरव्यवसायीहरुले आफ्नो व्यवसाय अगाडि बढाउनसक्ने बताउन सक्ने बताए।
अहिले बैंकको व्याजदर एकल अंकमा आईसकेको र लगानीयोग्य तरलताबैंकमा रहेको स्मरण गर्दै मन्त्री पौडेलले उद्यम व्यवसायका लागि थप सहज वातावरण बनाइने जानकारी दिए ।
उद्योग, व्यवसाय विना अर्थतन्त्र चलायमान नहुने भन्दै उनले उद्योग व्यवसाय सञ्चालनका लागि सरकारले सकारात्मक पहल कदमीहरु लिइरहेकोजिकिर गरे ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँकका अध्यक्ष दिलिप कुमार ढुङगानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधाहरु प्रदान गर्न आफुहरु प्रतिवद्ध रहेकोबताए । उनले कृषि, उर्जा, व्यापार, शिक्षा, स्वास्थ्या, उद्यम व्यवसाय, निर्माण, नविकरणीय उर्जा लगायतका विषयगत क्षेत्र तय गरी लगानी गरिरहेकोबताए ।
सहज, छिटो छरितो र सेवाग्राही केन्द्रीत सेवा प्रवाहमा आफुहरु सदैव सजग रहेको स्मरण गराउँदै अगामी दिनमा बैँकका हरेक गतिविधिलाई सूचनाप्रविधिसंग जोड्दै लैजाने दावी गरे । उनले लघु उद्यम, किसानसंग वाणिज्य बैँक जस्ता कार्यक्रमसँगै वित्तीय पहुँचको विस्तारका लागि शाखाविस्तारलाई तिव्रताका साथ अगाडि बढाएको बताए।
सबैको साथ सहयोग र सहकार्यबाट आर्थिक समृद्धि हासिल गर्न सम्भव रहेको भन्दै उनले समग्र अर्थतन्त्र सुधारमा सहयोग पुग्नेगरी आफुहरुलेकार्यक्रमहरु अगाडि बढाएको जिकिर गरे।
यसैगरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले बैँकले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, उर्जा, साना उद्यम एवम्पूर्वाधार क्षेत्रमा लगानी बढाएको बताए । उनले वित्तीय साक्षरता, समाजिक समुदायिक कार्यलाई जोड दिँदै नागरिकसँग बाणिज्य बैँकको सम्बन्ध थपसुमधुर बनाउन काम गरिरहेको बताए ।
प्रतिस्प्रर्धी बजारको माग अनुसार बैँकले सेवा र सुविधाहरुलाई समय सापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुश गरी बैँकले आफ्नो कार्यलाईपरिमार्जित रुपमा अगाडि बढाएको बताए ।
साझा प्रतिवद्धताले मात्र समृद्धि सम्भव रहेको स्मरण गराउँदै प्रमुख कार्यकारी अधिकृत खनालले बैँकलाई आजको अवस्थासम्म ल्याउन सहयोग गर्नेसम्पूर्णलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग भए बैँक उत्कृष्ट बन्ने विश्वास व्यक्त गरे ।
देशको अर्थतन्त्रमा देखिएको असहज अवस्थाका बावजुद बैँकले आफ्ना सूचकहरुलाई व्यवस्थापन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान दिइरहेको स्मरणगराए ।
Advertisment