Below Menu

सानिमा माई हाइड्रोपावरले १५ प्रतिशत लाभांश दिने

सानिमा माई हाइड्रोपावरले १५ प्रतिशत लाभांश दिने

काठमाडौं : सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Sponsored Advertisement

कम्पनीको कात्तिक २७ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावअनुसार सेयरधनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् । नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको कम्पनीले जनाएको छ ।

थप समाचार