काठमाडौं : लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ।
शुक्रबार बसेको बैंक संचालक समितिको २९९औं बैठकले ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५.२६ प्रतिशत लाभांश घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।
Advertisment